सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ ।
वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको सहायक जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।यसैगरी पात्लेखेत वाखेतको बराह पंग्रेनी, दरवाङको दोवील्ना लमसुङ र राम्चे ९ को एकराते सामुदायीक वन उपभोक्ता समूहलाई प्रथम, दितृय र तितृय पुरस्कार प्रदान गरिएको छ । सहायक वन अधिकृत मानन्धरका अनुसार प्रथम, दितृय र तितृय हुने वन समूहलाई क्रमश नगद पाँच हजार पाँच सय, तिन हजार पाँच सय र दुई हजार ८७५ रुपैयाँ पुरस्कार उपलब्ध गराइएको छ ।